आइतवार, बैशाख २८, २०८२
आइतवार, बैशाख २८, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णालीमा पहिलो पटक छोरी सम्मेलन हुदै

कर्णालीमा पहिलो पटक छोरी सम्मेलन हुदै

  • शुक्रबार, बैशाख २६, २०८२
कर्णालीमा पहिलो पटक छोरी सम्मेलन हुदै

मुगु —कर्णाली प्रदेशमा पहिलो पटक छोरी सम्मेलन गरिने भएको छ । ज्योति फाउण्डेसन र सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार देखि ‘कर्णाली छोरी सम्मेलन–२०८२ सम्मेलनको आयोजना गर्न लागिएको छ । उक्त छोरी सम्मेलनको बिषयमा शुक्रबार पत्रकार सम्मेलन गरिएको छ । बैशाख २९ गते बाट छोरी सम्मेलन सुरु हुने र तीन दिन सम्म संचालन गरिने भएको छकर्णालीका छोरीहरूलाई आफ्नो हक र अधिकार बोध गराउने उदेश्यले पहिलो पटक छोरी सम्मेलनको आयोजना गर्न लागिएको ज्योती फाउण्डेसनका अध्यक्ष ज्योती कटुवालले बताइन ।

उक्त छोरी सम्मेलनमा कर्णाली प्रदेशका सम्पूर्ण ७९ वटा स्थानीय निकाय बाट दुई दुई जना छोरीको प्रतिनिधित्व हुने उनको भनाई छ । सीमान्तकृत र लोपोन्मुख राउटे, राजी, बादी र बोटे समुदायबाट छोरीको सम्मेलनमा प्रमुख सहभागी हुने ज्योतिले जानकारी दिइन । कर्णालीका छोरीको शिक्षा, स्वास्थ्य, कानुनी सेवा, आमाका कुरा महिनावारीको सकस लगायत बिषयमा बहस र छलफल गरिने आयोजकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार