
मुगु–जिल्ला स्थित मुगुम कार्मारोङ गाउपालिकामा यो पटक यार्चा प्रबेश शुल्क बाफत ३६ लाख राजश्व संकलन भएको पालिकाले जनाएको छ । गत बर्ष ७१ लाख राजश्व संकलन भएको थियो भने यो पटक दोब्बर रुपले यार्साको राजश्व घटेको छ । गत बर्ष पाटन क्षेत्रमा यार्सा टिप्ने जाने बाट ७१ लाख राजश्व उठेको र यो पटक ३६ लाख मात्र संकलन भएको मुगुम कार्मारोङ गाउ“पालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताउनु भयो । स्थानीयले प्रबेश शुल्क नै नतिरेर लुकछिपी यार्सा चोर्न पाटन जादा यार्साको राजश्वमा गिरावट आएको उनको भनाई छ ।
पालिकाले बिगत बर्ष देखि पाटनमा यार्या टिप्न पाटन जाने जिल्ला बाहिरकालाई प्रति ब्यक्ति २ हजार ५ सय र जिल्ला भित्रकालाई प्रति ब्यक्ति २ हजारका दरले प्रबेश शुल्क उठाउदै आएको छ ।
अध्यक्ष लामाको अनुसार कार्मारोङ भित्रका स्थानीयले पनि यार्सा बाट पैसा कमाउने र पालिकाले यार्सा टिप्न जाने संकलक बाट प्रबेश शुल्क बाट राजश्व उठाएर जम्मा भएको रकम बाट बिकास निर्माणमा खर्च गर्ने गरिएको छमुगुम कार्मारोङ गाउपालिकाको सानोकोइकी, ठूलोकोइकी, रिमार, टा“के, हाङदाङखोला लगायत ७ वटा स्थानमा यार्सा टिप्न जिल्ला भित्र र बाहिरका गरि करिव साढे ४ हजार स्थानीय पाटन उक्लिएका छन ।
गत जेठ १३ गते बाट मुगुम कार्मारोङ गाउ“पालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न स्थानीयलाई अनुमति दिएको छ ।मुगुम कार्मारोङ गाउपालिकाको पाटन क्षेत्रमा स्थानीयले संकलन गरेको यार्सा प्रति केजी १७ लाख मुल्यमा बिक्री हुने गरेको छ । पाटन क्षेत्रमै प्रति गोटा यार्सा ५ सय देखि १ हजार मुल्यमा ब्यापारीले खरिद गर्ने गरेका छन । पाटन क्षेत्रमा संकलन गरिएको यार्सा ब्यापारीले तिब्बत, भारत तर्फ लगेर बेच्ने गरेका छन ,