आइतवार, असार २२, २०८२
आइतवार, असार २२, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • सिमकोटमा भारतीय पर्यटकको चहलपहल

सिमकोटमा भारतीय पर्यटकको चहलपहल

  • बिहिबार, असार १२, २०८२
सिमकोटमा भारतीय पर्यटकको चहलपहल

हुम्ला— हिमाली जिल्ला हुम्ला सिमकोटमा हिजोआज भारतीय पर्यटकको चहपहल बढेको छ । कैलास मानसरोवर दर्शनको लागि हवाई मार्ग बाट भारतिय पर्यटक सिमकोट आउने क्रम बृद्धि हुन थालेपछि चहलपहल बढेको छ । निजी एयरलाइन्सहरुले पनि एकै दिन १२ देखि १४ फलाइट गर्न थालेका छन . नेपालगञ्ज देखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी एयरलाइन्सहरुले बुधबार १४ वटा उडान गरेका छन । सडक मार्ग जोखिम भएकोले हुम्ला सिमकोट विमानस्थलामा नेपालगञ्ज बाट निजी एयरलाइन्स सीता, समिट र ताराले १४ वटा उडान मार्फत १ सय ५० जना भारतीय पर्यटक यहाँ सिमकोट पुगेका हुन ।

भारतीय पर्यटकहरु सिमकोट देखि हिल्सा हुुँदै चीनमा रहेको मानसरोवर र कैलाश दर्शन गर्नको लागि काठमाडौँ–केरुङ हुँदै चीनको मानसरोवर तथा कैलाश जानभन्दा हुम्ला सिमकोट बाट भारतीय पर्यटक जाने गरेका छन ।हुम्ला सिमकोट विमानस्थमा कार्यरत कर्मचारी दीपेन्द्र भण्डारीका अनुसार गत जेठ २४ गते १२ जना विदेशी पर्यटक हुम्ला आएका थिए । भण्डारीका अनुसार यही असार २ गते यता कैलाश मानसरोवर जानका लागि ३ सय ६२ भारतीय पर्यटक हवाई मार्ग मार्फत हुम्ला आएका छन ।सिमकोट बाट भारतीय पर्यटक सडक र हेलिकप्टरद्धारा हिल्सा पुग्ने र कैलास मानसरोवरको दर्शन गरेर फर्किने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार