बिहिबार, अशोज २३, २०८२
बिहिबार, अशोज २३, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • जोखिम मलेर टिपेको यार्सा बेच्न मुश्किल

जोखिम मलेर टिपेको यार्सा बेच्न मुश्किल

  • शनिबार, साउन ४, २०८२
जोखिम मलेर टिपेको यार्सा बेच्न मुश्किल

मुगु—मुगम कार्मारोङ गाउँपालिका मह गाउँरेन्जिङ तामाङलाई यो पटक पाटनको बहुमुल्य यार्सा बिकाउन मुश्किल भएको छ ।करिव एक महिना लगाएर जोखिमका साथ पाटन बाट टिपेको यार्सा बेच्न मुश्किल भएपछि चिन्तित भएका छन । यो पटक मलाई यार्सा बिकाउन मुश्किल भयो तामाङले भने पाटनमै बिक्री हुने यार्सा अहिले घरमै थन्क्याएर राख्नु पर्ने अबस्थाले मलाई पीर परेको छ ।गत बर्ष मेरो डेढ सय गोट यार्सा पाटन बिक्री गरे उनले भने अहिले एक सय गोटा यार्सा बेच्न मुश्किल भयो । यार्सा ब्यापारी नआउदा स्थानीयले पाटनमा संकलन गरेको यार्सा घरमै थन्किएको छ ।

गत बर्षहरुमा प्रति गोटा यार्सा ७ सय देखि १ हजार मुल्य बिक्री हुने गथ्र्यो भने अहिले प्रति गोटा यार्सा ३ सयमा पनि बेच्न गाह्रो भएको कार्मारोबासीको गुनासो छ । मुगम कार्मारोङ गाउ“पालिकाको वडान १ देखि ९ सम्मका मह, माग्री, पूलु, रिउस, ताखा, खारी, डोल्फू, चितै, मुगु, लगायत १२ वटा बस्तीका स्थानीयले एक महिना सम्म पाटनमा संकलन गरेको यार्सा बेच्न नपाएर यो पटक घरमै थन्किएको छ ।खरिद गर्ने ब्यापारी नआउदा यार्सा बिक्री नभएको डोल्फू गाउ“कम छिरिङ तामाङले बताए । कार्मारोङबासीको मुख्य आयश्रोत मानिएको यार्सा यो पटक घरमै कुहिने अबस्था उत्पन्न भएको छ ।

अहिले सम्म कसैको यार्सा बिक्री नभएको पालिका अध्यक्ष छिरिङक्याप्ने लामाले सुनाए । पाटनमा बिक्री नभई घरमा ल्याएको यार्सा बेच्न नपाउदा स्थानीय चिन्तित भएको अध्यक्षको भनाई छ ।अध्यक्ष लामाका अनुसार स्थानीयले एक महिना सम्म पाटनमा दुख कष्ट गरि सकंलन गरेको यार्सा बेच्न नपाए पछि जीवन निर्बाहमा समस्या उत्पन्न हुने देखिएको छ । पहिला यार्सा खरिद गर्ने ब्यापारीको हानथाप हुन्थ्यो अहिले एक जना पनि ब्यापारी देखिएको छैन उहाको भनाई छ ।अध्यक्ष लामा भन्छन टिपेको एक महिना भित्र यार्सा बिक्री नभएर कुहिने किराले खाने डर हुन्छ । एक जनालाई यार्सा संकलन गर्न करिव १५ देखि २० हजार खर्च हुन्छ त्यसरी टिपेको यार्सा बेच्न पाइएन भने घाटा सहनु पर्ने स्थानीयको भनाई छ ।यार्सा टिप्ने पाटन प्रबेश गर्दा स्थानीयले प्रति ब्यक्ति २ हजार र बाहिर जिल्लाका स्थानीयले प्रति ब्यक्ति २ हवार ५ सय पालिकालाई प्रबेश शुल्क बुझाउनु पर्ने नियम छ । गत जेठ दोश्रो साता पालिकाले पाटन क्षेत्रमा यार्सा टिप्न अनुमति दिएको थियो । यार्सा टिप्न पाटन जादा लेक लागेर ज्यान जाने बिरामी हुने जस्ता जोेखिम हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार