आइतवार, भदौ १, २०८२
आइतवार, भदौ १, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णालीमा ५० स्थानमा तुइन रहेको प्रारम्भिक अध्यायन

कर्णालीमा ५० स्थानमा तुइन रहेको प्रारम्भिक अध्यायन

  • मङ्लबार, साउन ७, २०८२
कर्णालीमा ५० स्थानमा तुइन रहेको प्रारम्भिक अध्यायन

फाइल तस्विर

मुगु —कर्णालीः कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्ने नीति अनुसार तुइनको तथ्याङ्क सङ्कलन सुरु गरेको छ । प्रदेशका १० जिल्लामध्ये सात जिल्लाबाट प्राप्त विवरणअनुसार हालसम्म ५० वटा तुइन रहेको प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जनाएको छ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर रमेश सुवेदीका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममा कर्णालीलाई तुइनमुक्त प्रदेश बनाउने लक्ष्य राखेको छ।

यही योजनाअनुसार झोलुङ्गे पुल निर्माणका लागि रु १ करोड ५० लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए । हुम्लामा सबैभन्दा धेरै तुइन सङ्कलन गरिएको विवरणअनुसार कर्णालीका जिल्लामध्ये सबैभन्दा धेरै तुइन हुम्ला जिल्लामा १५ वटा रहेको उल्लेख छ । तीमध्ये ६ वटा तुइन कर्णाली नदीमाथि रहेका छन् । त्यसैगरी, कालीकोटमा १२ वटा, जाजरकोटमा १२ वटा, सुर्खेतमा ८ वटा,डोल्पामा ३ वटा, दैलेख र मुगुमा २÷२ वटा तुइन रहेको विवरणमा उल्लेख छ ।यद्यपि, दैलेख, जुम्ला र रुकुम पश्चिमबाट भने विवरण प्राप्त भइसकेको छैन ।प्रदेश सरकारले तुइन विस्थापन गरेर त्यसको सट्टामा सुरक्षित झोलुङ्गे पुल निर्माण गर्ने योजना अघि सारेको छ ।

चर्चामा

सम्बन्धित समाचार