आइतवार, भदौ १, २०८२
आइतवार, भदौ १, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगुको प्रशिद्ध छायाँनाथ धाम तीर्थयात्रा सुरु

मुगुको प्रशिद्ध छायाँनाथ धाम तीर्थयात्रा सुरु

  • शुक्रबार, साउन १७, २०८२
मुगुको प्रशिद्ध छायाँनाथ धाम तीर्थयात्रा सुरु

मुगु —कर्णाली प्रदेशकै प्रशिद्ध तिर्थस्थल छायाँनाथ धाममा तिर्थयात्रा प्रारम्भ भएको छ ।छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँको छायाँनाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मी सहित आज मुगुमकार्मारोङ गाउँपालिकाको डोल्फुमा रहेको छायाँनाथ मन्दिर तर्फ प्रस्थान गर्दै छन ।हरेक वर्षको श्रावण शुक्लपक्ष, अष्टमी तिथीका दिन जिल्लाको प्रसिद्ध धार्मिक तिर्थस्थल छायाँनाथ मन्दिरमा रहेको ठाकुरको मूर्ति पवित्र धाम छायाँनाथमा नुहाउन लगे संगै तिर्थयात्र सुरु हुने पुजारीको भनाई छ ।

शिवजीको मूर्ति जनैपूर्णीमा सम्म छायाँनाथ तिर्थस्थलमा रहने र दर्शनको निम्ति मुगु, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा, दैलेख, जाजरकोट , बाजुरा, अछाम, लगायत जिल्लाबाट धामी झाँक्री र तिर्थालुको घुइचो लाग्ने गरेको छ ।जनैपूर्णीमामा छायानाथमा ५ दिनसम्म पूजापाठ, होम व्रत हुने गर्दछ भने त्यसमा बरदान माग्न तीर्थालुको ओइरा लाग्ने गरेको पूजारी चौलागाइको भनाई छ ।विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायाँनाथमा पतन भएको हुदा त्यस ठाउँलाई छायानाथ तीर्थस्थलका रूपमा पुजापाठ प्रारम्भ भएको पुजारीको भनाइ छ ।छायाँनाथ जाने तीर्थालुहरूले श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान मागेर फिर्ता हुने गरेका छन् । ठाकुर ज्यूको मूर्ती सहित प्रस्थान गरेको टोली ९ दिन पछि जनै पूर्णीमाका दिनमा फर्किने गर्दछन ।

समुद्री सतह देखि करिव ५५ सय फिट उचाईमा रहेको छायाँनाथ धाममा तिर्थयात्रीलाई सुबिधाको लागि कर्णाली प्रदेश सरकार र मुगुम कार्मारोङ गाउँपालिकाले धर्मशाला पानीका धारा निर्माण गरेको छ ।कार्मारोङ गाउँपालिकाकाले चितै लेख देखि छायाँनाथ मन्दिर सम्म फराकिलो बाटो निर्माण गरेपछि झाँक्री र भक्तजनलाई आउजाउ गर्न सहज भएको छ ।बिगत बर्षहरु भन्दा अहिले तिर्थालुहरुलाई छायाँनाथ दर्शन गर्न सहज भएको गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । उक्त गाउँपालिकाले छायाँनाथमा शिब र बुद्धको मुर्ति समेत स्थापना गरेको छ । गमगढी देखि छायाँनाथ पुग्न तीन दिन लाग्ने गरेको छ ।

गमगढी देखि छाइल बजार सम्म तिर्थालु जीप चढेर जाने र त्यहाँ बाट हिडेर माग्री हुदै ढुंगेधारा रिउसबगर पुलू पुगेर बास बस्ने गरेका छन । भोली पल्ट त्यहाँ बाट हिडेर चितै पुग्ने र पर्सि पल्ट सजिलै छायाँनाथ पुग्ने गरेका छन ।
छायाँनाथ रारा नगरपालिकाको ऋणीमोक्ष तिर्थस्थलमा पनि तिर्थालुको घुइचो लाग्ने गरेको छ । धामी झाँक्रीहरु पनि ऋणीमोक्ष दर्शन गर्न जाने गरेका छन । छाया“नाथ रारा नगरपालिकाले चैन गाउ“को छाया“नाथ मन्दिर रहेको ठकुरज्यूको गाथ माथि छाया“नाथमा लैजाने अवसरमा नगरपालिका भित्र सार्बजनिक बिदा दिएको छ ।त्यसै गरि जनैपूर्णीमामाको अबसरमा सोरु गाउँपालिकाको जिमा लेकमा रहेको चौराल्लीमाइ तिर्थस्थलमा पनि भक्तजनको भीड लाग्ने गरेको छ । उक्त तिर्थस्थलमा ब्रतबन्ध, बिबाह, पिण्डादान गर्ने र भक्तजनले चौराल्लीमाइ संग बर माग्ने गरेको पूजारी ज्ञान प्रसाद भट्टले जानकारी गराए ।

चर्चामा

सम्बन्धित समाचार