बिहिबार, अशोज २३, २०८२
बिहिबार, अशोज २३, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • रारा भ्रमणमा आए १९ हजार पर्यटक

रारा भ्रमणमा आए १९ हजार पर्यटक

  • मङ्लबार, साउन २१, २०८२
रारा भ्रमणमा आए १९ हजार पर्यटक

मुगु—जिल्लाको उत्कृष्ट पर्यटकिय गन्त्ब्य रारामा १९ हजार ४ सय ४७ जना पर्यटकले रारा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।निकुञ्ज कार्यालयका अनुसार गत साउन देखि असार समान्त सम्म रारा भ्रमण गर्ने पर्यटकको संख्या १९ हजार ४ सय ४७ जना पुगेको छ । रारा घुम्न आएका कुल पर्यटक मध्ये आन्तरिक १९ हजार ९४ जना र बाह्य ३ सय ५३ जना रहेका निकुञ्ज कार्यालयका निमित्त बरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी गराउनु भयो । गत बर्षको तुलनामा यो बर्ष रारा भ्रमण गर्ने पर्यटकको संख्यामा बृद्धि भएको उहाको भनाई छ । गत बर्ष रारा भ्रमणमा करिव १३ हजार पर्यटक आएका थिए । सडक र हवाई यातायात सहज हुदै गएपछि रारा घुम्ने पर्यटकको संख्यामा प्रति बर्ष बढदै गएको न्यौपानेको भनाई छ । रारा घुम्न गत बैशाखमा ३ हजार ६ सय ४ जना पर्यटक आएका छ ।

नया बर्षको अवसर पारेर रारा घुम्न बढी पर्यटक आउने गरेका छन । पछिल्लो पटक अधिकांस अँन्तरिक पर्यटक कर्णाली राजमार्ग हुदै दैलेख, कालिकोट, जुम्ला सिंजा क्षेत्र अबलोकन गर्दै रारा पुग्ने गरेका छन । हवाई मार्ग भन्दा राजमार्ग बाट पर्यटक रारा आउन रमाउने गरेका छन ।रारा भ्रमण आउने पर्यटक घोडा चढेर मुर्माटप सम्म पुगेर फर्किने गरेका छन । रारामा आएका पर्यटक घोडा चढने डुंगा चढेर तालमा रमाउने राराका असला माछा अबलोकन गर्ने गरेको निकुञ्जका रेन्जर रनबहादुर रोकाया बताउछन ।गत साउन देखि असार समान्त सम्मसम्म रारा राष्टिय निकुञ्जको कार्यालयले २८ लाख ५२ हजार ९ सय राजश्व संकलन गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार