
काठमाडौ —प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना सहित नेपाल बन्छ कर्णाली बन्द हामी बनाउछौ बताउनु भएको छ ।सिस्नुपानी नेपालले बिहिबार राजधानी कमलादीमा प्रस्तुति ‘जुरुक्क कर्णाली कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राम्रा र सकारात्मक बिकास निर्माणका कुरालाई उजागर गर्न आग्रह गर्दै कसैलाई सिंगो नेपाल सहित कर्णाली बिकासमा सरकार लागि गरेको बताउनु भएको छ ।गणतन्त्र आएपछि कर्णालीमा, विश्वविद्यायल, स्वास्थ्य प्रतिष्ठान, कर्णाली करिडोर, हुम्ला जोड्ने बेलिब्रिज, रंगशाला प्रत्येक गाउबस्ती प्रसुतीगृह बेलिब्रिज झोलुंगे पूल बनेका छन । ्र
कर्णालीलाई बजेट छुटयाउने बिषयमा तलमाथि भयो होला प्रधानमन्त्रीले भने सिंगो नेपाललाई बजेट पुरयाउनु पर्छ । कर्णालीको बिकासको लागि कर्णालीका सांसदहरुले पनि सदनमा आवाज उठाउनु पर्ने प्रधानमन्त्रीको भनाई छ । उहाका अनुसार कर्णालीका सांसद सदनमा भेटिदैन प्राय बाहिर तिरै भेटिन्छ ।कर्णालीको स्याउले अब बजार पाउँछ प्रधानमन्त्रीले भने अब सबै सदरमुकाम सहित पिच बाटो पुरयाउन सरकार लागि परेको छ । हामीले यार्सागुम्बाको निर्यात गर्नतिर पनि लाग्नेछौ उहाको भनाई छ ।प्रधानमन्त्री ओलीका अनुसार सुत्केरी हुन नसकेकी कर्णालीमा गर्भवती महिलालाई सरकार हेलिकप्टर मार्फत उद्धार गर्दै आएको छ । जुरुक्क कर्णाली कार्यक्रमको आयोजना गरेको भन्दै प्रधानमन्त्री ओली सिस्नोपानी नेपालका सम्पूर्ण कलाकार टिमलाई धन्यबाद दिदै प्रदान गरेका छन ।