शुक्रबार, भदौ १३, २०८२
शुक्रबार, भदौ १३, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • अकालमै गयो सुनिताको ज्यान

अकालमै गयो सुनिताको ज्यान

  • बिहिबार, भदौ १२, २०८२
अकालमै गयो सुनिताको ज्यान

मुगु—सोरु गाउँपालिका—८ रुम गाउँकी ३४ बर्षिया सुनिता बुढाको अकालमै ज्यान गएको छ । बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी सुनिताले छोरा जन्माएकी थिईन । घरमै सुत्केरी भएकी सुनिताको साल अडकिए ज्यान जोखिम हुन अबस्था आएपछि उपचारका लागि घरबाट एक घण्टा टाढा रहेको सिप प्रसतुती केन्द्रमा ल्याइयो । अत्याधिक रक्तस्राप हुन थालेपछी थप उपचारका लागी सिप प्रसुती केन्द्रले जिल्ला अस्पातल लैजान भनेपछि उनका परिवारले बराति १० बजे जिल्ला अस्पातलमा पुरयाए पनि चिकित्सकको उपचारकै क्रममा सुनिताको ज्यान गएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।
घरमै सुत्केरी भएर २४ घण्टा सम्म साल अडकिएर बेहोस भएकी सुनिताको चिकित्सकको उपचारकै क्रममा ज्यान गएको जिल्ला अस्पताल प्रमुख चिकित्सक निर्मल नगरकोटीले बताए । उनको ज्यान बचाउन सबै उपाय अपनाउदा पनि बचाउन नसकिएको चिकित्सकको भनाई छ ।
सुनिताको शरिरमा ए पोजेटिभ रगत चढाई सकेपछि बिहबार बिहान होसमा आएकी र थप उपचारका लागी सुबिधा सम्पन्न अस्पताल लैजान प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले हेलिकप्टरको व्यवस्थापनका लागी गृह मन्त्रालय सित समन्वय गरिरहेकै अबस्थामा उनको ज्यान गएको जिल्ला अस्पातलका प्रमुख नगरकोटीको भनाई छ ।
सुनीतको उपचारको क्रममा मृत्यु हुदा जन्मेको छोराको अबस्था सामन्य रहेको शिशुको अहिले चिकित्सकहरुको निगरानीमा जिल्ला अस्पातलमा राखिएको जिल्ला अस्पतालले जनाएको छ । राति १० बजे अस्पतालमा पुगेकी सुनीतालाइै चेक जाँच गर्दा अत्याधिक रक्तस्रापका कारण उनका शरिरमा जम्मा दुई प्वाईन्ट रगत मात्र देखिएको चिकित्सक नहकुल शाहीको भनाई छ । सुनीतालाई तत्काल आबश्यक रगत चढाउनु पर्ने थियो । उनलाई तत्काल आबश्यक पर्ने रगतका लागी जिल्ला अस्पातलमा रक्त संचार केन्द्र छैन ।
जिल्ला अस्पातलमा रक्त संचार केन्द्रको ब्यवस्था नहुदा उपचारमा संलग्न डाक्टरहरुले आफनो सामाजिक सञ्जाल मार्फत आबश्यक रगत दानका लागी सुचना प्रबाह गरेपछी सदरमुकाम गमगढीका युवाहरुले पाँच वाईन्ट रगत दान गरेका थिए ।एक बर्ष अगाडी मृतक सुनीताले घरमै गर्भपन गराएर अत्याधिक रक्तस्राप हुदा जिल्ला अस्पातलमा उपचारका लागी आएकी थिईन । त्यति बेला नै उपचारमा संलग्न चिकित्सकले शरिरमा आबश्यक रगत चढाई निको बनाएर घर पठाएका थिए ।सोरु गाउँपालिकामा सबै ठाउँमा प्रसुती केन्द्र छन । प्रसुती केन्द्रम नगई घरमै सुत्केरी गराउने रुढीबादी चलनले सुत्केरीको अकालमा ज्यान जान गरेको चिकित्सकको भनाई छ । चार महिनाको अन्तरालमा सोरु गाउ“पालिकामा दुई जना गर्भवतीको ज्यान गएको चिकित्सक नहकुल शाहीको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार