
फाइल तस्विर
मुगु— नेपाल सरकारले मुगु जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ । वन मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । मुगुमा बिस २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिव ५० बर्ष पछि वन तथा वातावरण मन्त्री ऐनबहादु्र शाही ठकुरीको बिशेष पहलमा सरकारले दोश्रो छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको हो । उक्त राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जको रुपमा चिनिने भएको छ ।
डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्र करिव ९ सय ६ बर्गकिलोमिटर भू—भागलाई मात्र अलग गरेर छायाँनाथ राष्ट्रिय स्थापना निकुञ्ज स्थापना गरिएको छ । डोल्फु क्षेत्रका स्थानीयबासीलाई कामको लागि शे–फोक्सुन्डो राष्ट्रिय आउजाउ गर्न पैदल मार्ग बाट एक साता समय लाग्ने भएको स्थानीयको दुःख र पिडा बुझेर मन्त्री शाहीले छायाँनाथ राष्ट्रिय स्थापनाको पहल गर्नु भएको हो ।
उक्त राष्ट्रिय निकुञ्ज कार्मारोङ गाउँपालिकाको वडा.नं १, २ , ३ मा पर्ने गरेको छ । उक्त क्षेत्रमा कार्ति, किम्री, चितै, डोल्फु लगायत बस्ती पर्ने गरेका छ । मुगुम कार्मारोङ गाउँपालिकाले पनि शे–फोक्सुन्डो राष्ट्रिय सित जोडिएको भु भागलाई छुटयाएर अलग निकुञ्ज बनाइदिन मन्त्री शाही संग माग गरेको थियो । यो निकुञ्ज संगै नेपालमा अब राष्ट्रिय निकुञ्जको सङ्ख्या १३ पुगेको छ । निकुञ्ज स्थापना भएको क्षेत्रमा हिउचितुवा, झारल, घोरल, कस्तुरी, मृत, थार, लगायत बन्यजन्तु र डाफे काजिल गिद्ध लगायत प्रसस्त मात्रमा बन्यजन्तु पंक्षिको संख्या रहेको छ । पर्यटकिय प्रर्बद्धनको निम्ति यो निकुञ्ज अति महत्वपूर्ण मानिने भएको छ ।