
मुगु—सोरु गाउपालिका—३ भीई गाउमा प्रशिद्ध गुरुदेउताको नवमी मेला आज देखि सुरु भएको छ । आज देखि गुरादेउताको नवमी मेला सुरु भएको वडाअध्यक्ष सिहबहादुर धामीले बताए । आज र भोली गरि दुई दिने नवमी मेलामा गुरादेउताको पुजापाठ भेटी दान गर्न बिभिन्न गाउ“बस्ती बाट नया“ पहिरन सहित महिला पुरुष युवायुवतीको घुइचो लाग्ने गरेको उनको भनाई छ । नवमी मेला अवलोकन गर्न गाउ“बस्ती र छिमेकी जिल्लाबाट भक्तजनहरु आउने भएकोले भीई गाउ“का स्थानीयलाई आफनो घरआगन रातो र सेता कमेरोले लिपपोट गरि चिटिक्क बनाएका छन ।
पाहुनलाई खान खुवाउन महिलाहरुले एक हप्ता अघि नै अन्न कुटपिन गरि तयारी अबस्थामा राखेका छन । गाउ“बस्ती बाट सिमित स्थानीय मात्र नभई बाजागाजा सहित कुल देउताका धामी डान्ग्रीको पनि उत्तिकै भीड लाग्ने वडाअध्यक्ष धामी जानकारी दिए । नवमीको पहिलो दिन मध्यान्ह पछि दमाह बाजागाजा सहित धामी डान्ग्रीहरुलाई नुहाउन र पनेरा धारा लैजाने ल्यहा फर्केर गुरादउताको मन्दिर अगाडी एक घण्टा सम्म दमाह बाजा बजाउने धामी डान्ग्रीलाई परर्छो गर्ने चलन छ धामी डान्ग्री घरभित्रए पछि गाउ“भरि महिला पुरुष युवाहरु देउडा खेल सुरु गर्ने गरेका छन ।
रातभरको देउडा खेलले भीई गाउ“ गुञ्जायमान हुने गरेको छ । बिहान ४ बजेपछि गुरादेउताको पुजापाठ भेटी दान सहित धामीहरु नाच्न सुरु गर्छन । सिमित गुरुदेउताका धामी मात्र नभई काले, समइजु, भवानीका धामी पनि नाच्ने गरेका छन । धामी नाच हेर्न तिर्थालुको वरपर बाक्लो भीड लाग्ने गर्छ । बिशेष गरेर माटेको रुपमा परिचित गुरु देउतालाई बोका भेटी अक्षता चढाउदा मनोकाक्षा पुरा हुने बिश्वासले भक्तजनको बाक्लो उपस्तिथि हुने गरेको छ । गुरादेउता मानसरोवर बाट आएको किबदन्ती छ । करिव १३ औ शताब्दी अघिको गुरादेउताको मन्दिर यो पटक आधुनिक शैलीमा जीर्णोद्धार गरिएको अध्यक्षको भनाई छ ।
नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले उक्त उदघाटन गर्ने कार्यक्रम तय गरिएको छ । नवमी मेलाको अवसर पारेर भीई वडा कार्यालयले जिल्ला स्तरिय फुटबल कार्यक्रम देउडा खेलको भब्य आयोजना गरेको छ ।