
फोटो सौजन्य धिरज उपरकोटी
मुगु —नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी भंग गरेर आगामी मंसिरमा बिशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । काठमाडौमा बिहिबार देखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको छ । त्यस कमिटीको संयोजकमा प्रचण्ड रहेका छन ।
बैठकले पदाधिकारीलाई आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए आगामी मंसिरमा महाििधबेसन गर्ने गरि केन्द्रीय कमिटी भंग गरिएको उनको भनाई छ । प्रबक्ता सापकोटाका अनुसार पाटीमा रहेका नेता तथा कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय समेत गरिएको छ । २ दिन सम्म चलेको माओवादी बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव परिमार्जन सहित पारित गरेको र नारायणकाजी श्रेष्ठ र जनार्दन शर्माको प्रस्ताव भने अस्वीकृत गरेको गरेको छ ।
केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको बताएका छन । बैठकमा अध्यक्ष प्रचण्डले नेताहरूको खानपान, लवाइ–खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन गर्नु भएको छ ।