बिहिबार, अशोज २३, २०८२
बिहिबार, अशोज २३, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • विश्व पर्यटन दिवस, सिजनमै सुनसान रारा

विश्व पर्यटन दिवस, सिजनमै सुनसान रारा

  • शनिबार, अशोज ११, २०८२
विश्व पर्यटन दिवस, सिजनमै सुनसान रारा

मुगु—मुगु जिल्लाको प्रमुख पर्यटकिय स्थल रारा हिजोआज सुनसान छ ।रारा घुमफिर गर्ने उपयुक्त मौसम भएपनि रारामा पर्यटक आगमनको संख्या शुन्य देखिएको छ । पर्यटक आगमनको सिजनमै रारा सुनसान छ रारा राष्टिय निकुञ्ज कार्यालयका रेन्जर रन रोकायाले बताए । रोकायाले भने यति बेला रारामा आन्तरिक पर्यटकको निकै चहलपहल देखिने समय हो तर कोही पर्यटक पनि देखिदैनन ।बर्खाको मौसमले सडक मार्ग जोखिम हुनु, हवाई यातायात नियमित नहुनु र अर्कोतिर जेनजीको आन्दोलनको प्रभावले गर्दा पनि रारा घुम्न पर्यटक नआएको उनको भनाई छ ।

असोज देखि मंसिर सम्म पर्यटकको लागि रारा घुम्ने उपयुक्त मौसम भएपनि पर्यटक नआउदा होटल ब्याबसायि, घोडा चालक निरास देखिएका छन । रारामा एक जना पनि पर्यटक छैनन मुर्मा गाउका बिर्खबहादुर रोकायाले भने अघिल्ला बर्षहरु यो समयमा रारा निकै चहलपहल देखिन्थ्यो तर अहिले सुनसान छ । रारा घुम्न पर्यटक नआउदा होटल ब्याबसायिको आम्दानी शुन्यमा झरेको रोकाया बताउछन । दसै र तिहारको बिदा धेर्र आन्तरिक पर्यटक रारा घुम्न आउने गरेको भएपनि यो पटक शुन्य हुने आशंका गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार