मुगु —नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै छ उक्त बैठकमा १५औं महाधिवेशन कार्यतालिका पेस गर्ने तयारी छ ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति हुने छन ।आज बस्ने केन्द्रीय समिति बैठकमा औं महाधिबेसनको कार्यतालिका सम्बन्धी प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गर्ने तयारी छ ।आगामी पुस २६ गतेदेखि २९ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका ल्याउन लागिएको कांग्रेसले जनाएको छ । आइतबार कार्यवाहक सभापति खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, नेता रमेश लेखक, मीन विश्वकर्मा नेताहरू बसेर पुस अन्तिम साता महाधिबेसनको कार्यतालिका ल्याउने सहमति भएको हो ।