मुगु —सोरु गाउपालिका —११ की ४७ बर्षिय पानसरा सार्कीको मनमा खुशी छाएको छ । दियालो बाल्दै हैरान भएकी उनी निशुल्क सोलार पाउदा पानसराको मुहार हसिलो भएको छ । निशुल्क सोलार पाउदा वडानं—१० का धर्मे सार्की पनि खुशी छन । राति उज्यालो गर्न दियालो खोज्न बन जंगल धाउदै हैरान भएका धर्मे सार्की घरमै निशुल्क सोलार पाएपछि खुशी भएका छन ।
राति उज्यालो गर्न वन जंगलमा गएर दियालो झरो ल्याउनु पथ्र्यो पानसराले भनिन हाम्रो दुःख पिडा बुझेर संस्थाले हामीलाई निशुल्क सोलार दियो सारै खुशी लागेको छ । दियालो झरो बाल्दा कालाृे धुवाले शरिर कपाडा कालो लाग्ने खोकी लाग्ने आखा पाक्ने जस्ता रोग बाट पिडित थियौ पानसराले भनिन अब सोलारको उज्यालो देख्न पाइने भयो । मोवाइल चार्ज गर्न पनि सजिलो हुने उनको भनाई छ । मुगु धैनकोट गाउका पानसरा र धर्मे केवल खुशीका पात्र नभएर वडानं १० र ११ का सबै स्थानीयले निशुल्क सोलार पाएपछि खुशी देखिएका छन ।
सोरु गाउपालिकाको समन्वय तथा वडाअध्यक्षद्धोय कुलचन्द जैसी, बिरजंग शाही र स्थानीय धिरजंग मल्लको पहल कदममा कादुरी नामक संस्थाले धैनकोटमा ५ सय ५० घरधुरीका स्थानीयलाई निशुल्क सोलार बितरण गरेपछि स्थानीय खुशी भएका छन धैनकोटबासीले निशुल्क सोलार पाएपछि झरो बाल्न बाट मुक्त पाएको सोरु गाउपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताए । सोलारले गर्दा स्थानीयलाई मोवाइल चार्ज गर्न बिधार्थीलाई पढन सहज हुने अध्यक्षको भनाई छ । कादुरी संस्थाले बितरण गरेको सोलार ५० वाट र ३५ भोल्टेजको ब्याट्री रहेको छ । सोलार संगै ५ वटा बल्भ इन्भोटर तार पनि उपलब्ध गराएको स्थानीय हरिकेश आर्चायको भनाई छ ।
सोलार पाउदा धैनकोटका महिला पुरुष खुशी छन आर्चायले बताए । उक्त सोलार पसलमा खरिद गर्दा करिव १४ हजार मुल्य पर्ने स्थानीयको भनाई छ । सोलारले गर्दा वन जंगल पनि संरक्षण हुने स्थानीयको दुःख कष्ट हटने कालो धुवा बाट मुक्त पाइने वडाअध्यक्ष बीरजंग शाहीको भनाई छ । उक्त सोलारपाता गाउपालिकाका अध्यक्ष धर्मबहादुर शाही वडाअध्यक्ष स्थानीय अगुवाको रोवहरमा बितरण गरिएको छ ।