मुगु—जिल्लामा महिला बढी हिंसा परेको छायानाथ रारा नगरपालिकाकी उपप्रमुख ऐश्वर्य शाही मल्लले बताएकी छन । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्र्दभमा संचारकर्मी संग कुराकानी गर्दै उपप्रमुख मल्ल पुरुष भन्दा बढी महिला हिंसा परेको बताएकी छन ।पुरुष बर्ग पनि हिंसा नपरेको भन्न सकिदैन तर उहाको तुलनामा बढी महिला नै हिंसा सहेर बस्नु पर्ने बाध्यता छन उनको भनाई छ । पहिले त महिलाहरु आफनो पिडा लुकाएर बस्ने गर्थे उपप्रमुख मल्लले भनिन संघीयता लागु भएपछि स्थानीतहले गठन गरेको न्यायिक समिति आएर महिलाहरु आफनो पिडा सुनाउन थालेका छन ।
उपप्रमुख मल्लका अनुसार पहिलेको तुलनामा अहिले महिला दिदी बहिनी अग्रसर छन ।महिला लज्जालुपन हटदै गएको र उनीहरु आफनो हकअधिकारीको निम्ति अग्रसर हुन थालेको उनको भनाई छ । पिडामा परेकी महिलालाई न्यायको लागि न्यायिक समिति सक्रिय रहेको उहाको भनाई छ । मुगुमा छोराछोरी माथि पनि बिभेद देखिएको उपप्रमुख मल्लले सुनाईन । अभिभावकले छोरालाई निजी बोडिङमा पढाउने र छोरीलाई सरकारी स्कुलमा पढाउने गरेको उहाको भनाई छ । घरेलु कामकाजमा पनि बढी छोरा भन्दा छोरीलाई लगाउने गरेको उपप्रमुखको भनाई छ ।
उपप्रमुख मल्लका अनुसार लैङ्गिक हिंसा न्यूनिकरणको लागि नगरपालिकाले प्रहरी प्रशासन संघ संस्था महिला अधिकार सञ्जाल लगायत सबै निकाय सित समन्वय सहकार्य गरेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने गाउ“बस्ती वडातहमा ब्यापक रुपमा संचालन गरि रहेका छौ ।पुरुष भन्दा बढी महिलाले काम गर्ने गरेका छन उपप्रमुखले भनिन घरयासी कामकाज देखि बिकास निर्माणका काममा महिलाको बढी सहभागिता छ ।