मुगु —जिल्ला स्थित सोरु गाउँपालिकामा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आशिष देवकोटाको पहल र किसान महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष रत्नलाल देवकोटाको समन्वयमा जेष्ठ नागरिकलाई पछयौरी र बिपन्न बिधार्थीलाई झोला सहयोग गरिएको छ ।नेपाल आमा समूह अफ हेल्पिङ हेण्ड सोसाइटी, अमेरिकाको सहयोगमा ७० वर्ष भन्दा माथिका ४० जना ज्येष्ठलाई न्यानो पछ्यौरी वितरण गरिएको छ ।
त्यसै गरि आधारभूत विद्यालय, महादेव आधारभूत विद्यालय तथा सरोज बालविकास विद्यालयमा अध्यायनरत ४५ जना गरिव तथा जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई झोला सहयोग गरिएको रत्नलाल देवकोटाले जानकारी गराए । पछयौरी र झोला पाए पछि जेष्ठनागरिक र बिधार्थी खुसी भएका छन ।गरिव विपन्न ज्येष्ठ नागरिक र विधार्थीलाई लक्षित गरि सहयोग गरिएको देवकोटाको भनाई छ ।
यस्ता गरिव बिपन्न बर्गलाई लक्षित गरेर सदैव सहयोग निरन्तर सेवा गर्ने उनको भनाई छ ।उक्त बितरण कार्यक्रममा युवा नेता रत्नलाल देवकोटाको प्रमुख अतिथिमा वडाध्यक्ष कुलचन्द्र जैसी, वडा जनप्रतिनिधिहरू नेबिसंघ केन्दीय सदस्य धर्मराज शाहीको सहभागीता रहेको थियो ।