मुगु —कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रजातन्त्रको जग निर्वाचन नै भएकोले निर्वाचनमा जुटन कार्यक्रतालाई आग्रह गरेका छन मोरङको सुन्दरहरैंचा ५ मा आयोजना गरिएको बुद्ध विहारको उद्घाटन गर्दै नेता कोइरालाले प्रजातन्त्रको मुख्य जग नै निर्वाचन भएको बताएका छन ।नेपालीहरूको संस्कृति र संस्कार नै पहिचान भएको डा. कोइरालाको भनाई छ । नेता कोइरालाले आफू नियमित रूपमै आफ्नो क्षेत्रको विकासका गतिविधिसंग जोडिएको बताएका छन डा.कोइराला आफ्नो निर्वाचन क्षेत्र मोरङ ६ मा रहेका छन् । शुक्रवार बिहान पनि उनले सुन्दरहरैंचा ४ मा पार्टीका नेता कार्यकर्तासँग छलफल गरेका थिए । फागुन २१ मै निर्वाचन हुनु पर्नेमा जोड दिएका छन ।