शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • बर्षा र हिमपात नहुँदा किसान चिन्तित

बर्षा र हिमपात नहुँदा किसान चिन्तित

  • मङ्लबार, पुस १५, २०८२
बर्षा र हिमपात नहुँदा किसान चिन्तित

मुगु–हिमपात र बर्षा नहुँदा यहाँका किसानहरु चिन्तित देखिएका छन । पुस बित्न लागि सक्दा पनि हिमपात र बर्षा नहुँदा किसान चिन्तित भएका छन ।बिगत बर्षहरुका पुस लाग्दा हिमपात र बर्षा हुदा खेतीपातीमा निर्भर किसानहरु खुशी हुने गथ्र्ये भने अहिले देखा परेपछि किसान निरास देखिएका छन ।उच्च हिमाली क्षेत्रमा गत मंसिरको तेश्रो साता हल्का हिमपात र बर्षा भएपनि बेशी तर्फ गाउँ बस्तीमा गत असोज देखि बर्षा नहुँदा खडेरीले किसानका खेतबारीमा लगाएको जौ गहुँ तरकारी बाली सुक्न थालेको छ ।यो बर्ष खडेरी पर्ला कि भन्ने डर लाग्यो छायाँनाथ रारा नगरपालिका स्थित कोटिल्ला गाउँका रामबहादुर शाहीले भने पुस बित्न लागि सक्यो बर्षा र हिमपात भएको छैन ।

हिमपात र बर्षा नभएपछि अन्नबाली फलफुल जडिबुटीको सुबिकाल नहुने उनको भनाई छ । सुक्खा खडेरीले अधिकास किसानका मंसिरमा छरेको जौ गहुँँ अझै सम्म उम्रिन सकेका छैनन । जौ गहुले हरियाले देखिने खेतबारी सुक्खा उजाड देखिने गरेका छन ।हिउँ नआए भोकमरी र रोग फैलिने किसानको भनाई छ । हिउँ पनि टाढिदै गयो सोरु गाउँपालिका–५ लसुर शाहीले बताए उनी भन्छन पुस लागेपछि घरको ढोका थुन्ने गरि हिउँ आउथ्यो बाहिर निस्कन मुश्किल हुन्थ्यो अहिले हिउँ पर्न छोडयो ।बर्षा र हिमपात नहुँदा सुक्खा खडेरी अत्याधिक चिसो र धुलाले गाउँबस्तीमा रुघाखोकी फैलिएको छ ।

भाइरल ज्वरोका बिरामीको चाप बढेको जिल्ला अस्पतालका चिकित्सक भनाई छ ।
हिमपात र बर्षा नहुँदा पूर्बी मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीय पनि चिन्तित छन । हिउँ आएपछि यार्सा कटुकी भोल्ते, चिराइतो, गुच्ची च्याउ राम्रो फल्छ र हिउँ नआउदा उक्त जडिबुटी उत्पादन नहुँनेसमुद्री सतह देखि २९ सय २९ मिटर उचाइमा रहेको पर्यटकिय गन्त्ब्य रारामा पनि हिउँ छैन प्राय पुसमा हिउँले सेताम्ये देखिन रारा अहिले सुक्खा उजाड देखिने गरेको छ ..

चर्चामा

सम्बन्धित समाचार