मुगु—पुर्बवनमन्त्री वन तथा वातावरण मन्त्री एवं कांग्रेस सभापति ऐन बहादुर शाही ठकुरीलाई निर्वाचन कार्यालयमा खर्च विवरण समयमै पेश गरि सकेको हुदा निर्वाचन उम्मेदवार योग्य ठहर गरेको छ ।तत्कालिन मन्त्री शाहीले २०८० साल साउन १४ गते निर्वाचनको सम्पूर्ण खर्च यस विवरण निर्वाचन कार्यालयमा पेश गरि सकेको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी धनकृष्ण बढुवालले बताए ।सुचना अधिकारी बडुवालका अनुसार उहाले निर्वाचन खर्च बुझाई सकेको हुदा निर्वाचन उम्मेदवारका निम्ति योग्य ठहरिएका छन। सामाजिक सञ्जालमा आएका सुचना समाचारहरु साँचो नभएको सुचना अधिकारीको भनाई छ ।
मंगलवार अर्थात विभिन्न सञ्चारमाध्यममा केही उम्मेदवारहरूको नाम किटान गर्दै खर्च विवरण नबुझाएकाले उनीहरू आगामी निर्वाचनमा उम्मेदवार हुन नसक्ने जनाएको थियो ।विसं २०७९ को प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार भई प्रचलित निर्वाचन कानुन अनुसार निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेका हकमा जरिवानाको कारबाही गरी पुनः त्यस्तो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न आदेश दिइएको आयोगले जनाएको छ ।आयोगले खर्च विवरण समयमा नबुझाउने र विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार जरिवाना तोकिएको र तोकिएको जरिवाना सम्बन्धित निर्वाचन कार्यालयमा बुझाएका वा अदालतबाट सम्बन्धित उम्मेदवारका विषयमा आदेश भएको अवस्थाका उम्मेदवार पुनः उम्मेदवार हुनबाट वञ्चित नहुने जनाएको छ । पुर्बवनमन्त्री मन्त्री शाहीले पनि आफुले निर्वाचन खर्च बिबरण समयमै बुझाई सकेको बताएका छन ।