मुगु —नेकपा एमाले मुगु जिल्लाका नेता तथा पूर्ब प्रतिनिधिसभा सदस्य मोहन बानियाँले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ठूला पार्टी बीच चुनावी तालमेल गर्दा उपयुक्त हुने सुझाव दिएका छन ।सोमबार बानियाँले सामाजिक सञ्जालमा लेख्दै फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनामा समय परिस्थितिलाई मध्येनजर गरि ठूला पार्टी बीच चुनावी तालमेल गर्दा उपयुक्त हुने हुन सक्ने उल्लेख गर्नु भएको छ । उहाले त्यो पनि आनी बानी घोका अन्तर नौटंगी चरित्रकोगहन अन्तर बिश्लेषण गरेर मात्र चुनावी तालमेल गर्न सुझाव दिनु भएको छ ।
बानियाँले उक्त चुनावी तालमेलमा यो पार्टी त्यो पार्टी भनेर नाम चाहि उल्लेख गर्नु भएको छैन । उनको भन्ने आसय कांग्रेस एमाले बीच चुनावी तालमेल भन्ने बुझिन्छ । बानियाका अनुसार गोप्य रुपमा सुझाव दिउभने यो सुझावले स्थान नपाउने निश्चित नै देखिन्छ किन भने पार्टी भित्र अब्बल सल्लाहकार टिम मौज्दात रहेकोले थप उपयुक्त भरोसा गरेको छु ।लाखौ लाख कार्यकर्ताले बनाएको लोकप्रिय पार्टी नेकपा एमालेको बिगत दर्दनाक र रोचक कालख्ण्ड पारगर्दै आएको एउटा जिवन्त अब्बल पार्टीलाइ एउटा मनोगत ढंगले जुटाउने र फुटाउने काम अब गम्भिर रुपले सोच्नु पर्ने बानियाले उल्लेख गर्नु भएको छ ।