मुगु —नेपाली कांग्रेसका सभापति एवम पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बीच आज भेटवार्ता भएको छ । पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापान कार्यक्रमको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास महाराजगञ्ज पुगेका थिए । उक्त भेटवार्तामा आसन्न चुनाव र समकालीन राजनीतिका विभिन्न विषयमा कुराकानी भएको छ ।