मुगु —नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरूको टोलीले पार्टी भित्रको आन्तरिक कलह अन्त गरि मेलमिलापको पहल गर्न कांग्रस सभापति एवम पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवासंग आग्रह गरेको छ ।कांग्रेसभित्र विशेष महाधिवेशन पक्ष र संस्थापन पक्ष विपरितधारमा गई पार्टी बिभाजन हुने संकेत देखा परेपछि नेबिसंघका नेताहरु मेलमिलापको भूमिका अघि बढाएका छन । धारमा छन् ।
नेबिसंघको टोली महाराजगञ्ज देउवा निवास पुगेर पार्टीको आन्तरिक बिबादलाइ समधान गरि पार्टी एक डिक्का बनाएर लैजान आग्रह गरेको नेबिसंघ केन्द्रीय सदस्य आशिष देवकोटाले जानकारी गराए ।भेटन गएका नेबिसंघका नेताहरुलाई सभापति देउवाले म मिलाउँदैछु, मिलाउन लागिरहेको छु पार्टी फुटन नदिने बताउनु भएको नेबिसंघ केन्द्रीय सदस्य धर्मराज शाहीले बताए ।उक्त भेटमा नेबिसंघ केन्द्रीय सदस्य धर्मराज शाही, जगतजंग बिष्ट, विनोद शाही, आशिष देवकोटा, बाबुराम भट्टराई, नविनराज जोशी, सन्देश तामाङ, राजु पंगेनी लगायतको टोली गएको नेबिसंघ केन्दीय सदस्य शाहीले बताए ।