मुगु—कर्णाली प्रदेशको हिमाली जिल्लाहरुमा यो बर्षकै पहिलो हिमपात भएको छ । खडेरीले चिन्तित भएका किसान बर्षासंगै हिमपात भएपछि खुशी भएका छन । शुक्रबार मध्यान्ह बाट मौसममा बदलिई गएराति बाट मुगु, हुम्ला, डोल्पा, र जुम्लाको सिंजा क्षेत्रमा बर्षासंगै हिमपात भएको छ । मुगुको सोरु गाउ“पालिकाको सोरुकोट, बन्जाहा, पोखरी, जडेपानी, कालै, रजैबैन लगायत बस्तीमा हिमपात भएको स्थानीय बिनोद शाहीले बताउनु भयो । लामो समय देखि खडेरीले जौ गहु बाली सुक्न थालेपछि किसान चिन्तित थिए उनले भने बल्ल बर्षा र हिमपात हुदा किसान खुशीलाई राहात भएको महसुस भएको छ । हिमपातले बस्तीहरु सेताम्य देखिएका छन । हिउ खेल्न युवाहरु बिहानै घर बाहिर निस्किएका छन । मुगु उत्कृष्ट पर्यटकिय स्थल रारामा पनि यो बर्षकै पहिलो हिमपात भएको छ ।
हुम्ला सिमकोटमा पनि यो बर्षकै पहिलो हिमपात भएको छ । हिमपातले सिमकोट बजार सेताम्य देखिएको छ । मंसिर पुसमै हिमपात हुने सिमकोटमा यो पटक माघमा हिमपात भएको छ । खसराज्यको उदगमस्थल जुम्ला सिजा क्षेत्रमा पनि बर्षासंगै बाक्लो हिमपात भएको छ । कनकासुन्दरी, सिजां, बोता लगायत बस्तीमा हिमपातले सिंजा क्षेत्रका बस्ती, रुख जमिन सेताम्य देखिएका छन । हिउ खेल्न युवाहरु बिहानै घर बाहिर निस्किएका छन ।