आइतवार, फाल्गुन १०, २०८२
आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • समाज
  • देश बनाउने हो भने हाम्रा होइनन राम्रो मान्छे निर्वाचित गर्नु परयो डा. घिमिरे

देश बनाउने हो भने हाम्रा होइनन राम्रो मान्छे निर्वाचित गर्नु परयो डा. घिमिरे

  • आइतवार, फाल्गुन १०, २०८२
देश बनाउने हो भने हाम्रा होइनन राम्रो मान्छे निर्वाचित गर्नु परयो डा. घिमिरे

काठमाडौ —नेपाल पर्वतीय  पर्यटन ब्याबस्थापनका डा.सुर्यबहादुर घिमिरेले देश कसैले बनाई दिने होइन हामी आफैले बनाउने हो, देश बनाउने हो भने हाम्रा होइनन राम्रा मान्छेलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गर्न आबश्यक रहेको बताउनु भएको छ ।
आज काठमाडौमा आयोजित एक म बनाउछु मेरो देश भन्ने संवाद कार्यक्रममा डां घिमिरेले पार्टीगत परिपाटीले राम्रा नराम्रा ब्यक्तिको मुल्याङकन नगरि चुनाव जिताउने प्रबृतिले गर्दा देशमा समस्या उत्पन्न भएको उहाको भनाई छ । देश बनाउने एउटै मेरुडण्ड राजनीति हो नीति नियम बनाउने ठाउमा हाम्रा मान्छे होइन राम्रा दक्ष क्षमतावान ब्यक्तिको खाचो छ ।
पार्टी जो सुकै होस देश र जनता प्रतिको माया गर्ने र बिकास प्रेमी ब्यक्तिलाई चुनाव जिताउन सके देशको बिकास हुने डा.घिमिरेले भने अहिले देश बनेन भनेर युवा पिडितमा ठूलो निराशा छाएको छ । देश प्रति निरासा पैदा भएर युवाहरु पलायन भएका हुन उनले बताए ।
देश प्रतिको माया हुनु परयो इमानदारीता, दायित्ज कर्मब्यनिष्ट हुनु परयो अनी मात्र देश बन्ने हो घिमिरे भन्छन कसरी आफू बन्ने छोराछोरी बनाउने भन्ने मात्र सोचले कसरी देश बन्छ । उनले भने देश कसैले बनाई दिने होइन हामी आफैले बनाउने हो ।देश बनाउनको लागि युवाबर्गलाई परिचालन गर्नु परयो उनी भन्छन नीति निर्माणमा युवाहरुको नेतृत्व बढी हुनु आबश्यक छन ।

नकरात्मक कुराको अन्त गर्न नैतिक शिक्षाको जरुरी रहेको डा.घिमिरले सुनाए ।म अब दश बर्षको निम्ति देशका लागि काम गर्नु भनेर कमिटमेन्ट गर्नु परयो उनले भने देशको लागि केही नगर्ने खाली देश बनेर भनेर नकरात्मक कुरा मात्र गर्ने हाम्रा बानीमा पनि परिर्वतन गर्न आबश्यक छ ।डा. घिमिरेले भने नेपाल ३३ कोटी देबीदेवताको बास हो । प्राकृति सुन्दरताले भरिपूर्ण भएको देश हो, यस्ता हुदा पनि हामी गरिवीको भूमरीमा रुमलिरहेका छौ ।

चर्चामा

सम्बन्धित समाचार