शुक्रबार, फाल्गुन १५, २०८२
शुक्रबार, फाल्गुन १५, २०८२
  • होमपेज
  • राजनीति
  • कर्णाली किन ४० प्रतिशत गरिवी बोकेर बसिरहेको छ, सभापति थापा

कर्णाली किन ४० प्रतिशत गरिवी बोकेर बसिरहेको छ, सभापति थापा

  • बिहिबार, फाल्गुन १४, २०८२
कर्णाली किन ४० प्रतिशत गरिवी बोकेर बसिरहेको छ, सभापति थापा

सुर्खेत —नेपाली कांग्रेसका सभापति गगन थापाले कर्णाली ४० प्रतिशत गरिवी बाृकेर बसिरहेको बताएका छन ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि बिहिबार सुर्खेत बीरेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले देशभर १७.१८ गरिवी हुदैगर्दा कर्णाली किन ४० प्रतिशत गरिवी बोकेर बसिरहेको बताएका छन । सभापति थापाले भने सबै भन्दा बढी बेरोजगार कर्णाली रहेको उल्लेख गरेका छन । देशभरका आमा बचाउदै गर्दा कर्णालीका आमा किन बचाउन सकिर्दैन उनले बताए ।

यसको समस्या समधान गर्न जरासम्म पुग्नु पर्ने सभापति थापाले सुनाए । कर्णाली र काठमाडौ महानगरपालिकाको बिकास तुलना एउर्टै ढाचाले हेर्न नहुने र कर्णालीको बार्षिक आय प्रदेशको जम्मा ५२ करोड छ काठमाडौका मेयरलाई सुतिसुति बिकास गर्ने पैसा रहेको सभापति थापाको भनाई छ ।

सभापति थापाले चुनावी सभालाई सम्बोधन गर्दै भने कर्णाली स्वर्ग हो भन्न सकिन्छ, कर्णाली अन्नको भण्डार हो भन्न सकिन्छ । कर्णाली नेपालको सर्वाधिक राम्रो ठाउँ हो भन्न सकिन्छ । राराका बारेमा कविता भन्न सकिन्छ, ।
कर्णालीका स्याउँ, यार्सागुम्बा, मार्सिचामलको गीत गाएर हुने वाला केही छैन प्रश्न सँगै जोडिएर आउने यहाँको गरिबी रहेको उनको भनाई छ । सभापति थापाले कर्णालीबासीलाई भने ५ बर्ष अर्को प्रयोग नगरौ । ५ बर्ष परिर्वतनको बर्ष बनाउने हो ।

चर्चामा

सम्बन्धित समाचार