काठमाडौ —संयुक्त राष्ट्रसङ्घकी नवनियुक्त आवासीय संयोजक लीला पिटर्स याहिया र नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच भेटवार्ता भएको छ ।उक्त भेटवार्तामा नेपालमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने विषयमा सकारात्मक छलफल भएको ढकालले जानकारी गराएका छन । त्यस अवसरमा युवा रोजगारीका अवसर विस्तार, लगानीमैत्री वातावरण सुदृढीकरण, साना तथा मझौला उद्योगको सशक्तीकरण, डिजिटल रूपान्तरण तथा दिगो विकासका प्राथमिकतालगायत विषयमा महासंघ र संयुक्त राष्ट्रसंघ बीच सहकार्य बढाउने विषयमा पनि छलफल भएको छ ।महासंघ समावेशी, दिगो र लगानीमैत्री आर्थिक रूपान्तरणलाई अगाडि बढाउने विषयमा संयुक्त राष्ट्रसंघसँग अझ घनिष्ठ सहकार्यका लागि प्रतिबद्ध भएको छ ।