काठमाडौ —नेपाली कम्यूनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डाले मध्यपूर्वमा देखिएको तनाव बारे चिन्ता ब्यक्त गर्दै नेपालीलाई सुरक्षित रहन आग्रह गरेका छन ।संयोजक प्रचण्डले आफनो सामाजिक संञ्जालमा लेखेका छन इरानमाथि अमेरिका र इजरायलाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाहरूले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सिर्जना गरेको छ ।
यस परिस्थितिप्रति म गहिरो चिन्ता व्यक्त गर्दछु यस स्थितिमा मध्यपूर्वमा कार्यरत लाखौं नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो प्रचण्डले उल्लेख गरेका छन ।विकसित परिस्थितिको प्रत्यक्ष प्रभाव उनीहरूमा पर्न सक्ने भएकाले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन, आवश्यक कूटनीतिक पहल गर्न उनले आग्रह गरेका छन । कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन म नेपाल सरकार प्रति आग्रह गर्दछु उनले लेखेका छन ।