काठमाडौ —नेपाली कांग्रेसले आज काठमाडौँ उपत्यकामा ६ वटा स्थानमा चुनावी सभा गर्ने भएको छ । चुनावी सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे काठमाडौँ १० को कीर्तिपुर, दिउँसो २ बजे भक्तपुरको ठिमी र दिउँसो ३ः३० बजे काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ र ६ को संयुक्त सभामुखी चोकमा चुनावी सभाका् आयोजना गरिने कांग्रेसले जनाएको छ ।