बुधबार, फाल्गुन २०, २०८२
बुधबार, फाल्गुन २०, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगुमा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा

मुगुमा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा

  • बुधबार, फाल्गुन २०, २०८२
मुगुमा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा

मुगु —भोली बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुगुमा सम्पूर्ण तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।मतदान केन्द्र निर्माण देखि सुरक्षा संयन्त्र परिचालन सम्मका सबै काम सकिएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी गराउनु भएको छ । सबै भन्दा दुर्गम बिकट मुगु, चितै, डोल्फू, किम्री, हयाङलु, नेर लगायत स्थानमा निर्वाचन टोली पुगेर सम्पूर्ण तयारी पुरा गरि सकेको उहाले बताउनु भयो
शान्ति पूर्णरूपमा मतदान गराउन यस मुगु जिल्लामा नेपाली सेना शसस्त्र प्रहरी बल, जनपथ प्रहरी र निर्वाचन प्रहरी गरि करिव १४ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनु भयो ।

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको यस मुगुमा अस्थायी मतदान केन्द्र सहित गरि जम्मन ७० वटा मतदान केन्द्र छन । उक्त मतदान केन्द्र मध्ये बढी अति संबेदनशील रहेको उनको भनाई छ ।
निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुगुले सम्पूर्ण उद्योगी–व्यवसायी तथा सर्वसाधारण नागरिकलाई निर्णयको पालना गर्न अपिल गर्दै सहयोग गर्न अनुरोध गरेको छ । विशेष गरी बिकट दुर्गम क्षेत्रमा सुरक्षा चुनौती हुनसक्ने आकलन गर्दै सुरक्षा निकायले तयारी चुस्त पारेको बताइएको छ । मतदान केन्द्र अधिकृत सहित ४ सय १७ जना कर्मचारी परिचालन गरिएको छ ।

मोटर बाटो पुगेको क्षेत्रमा सुरक्षाकर्मीको टोलीले जिल्लाभर पैदल, मोटरसाइकल र अन्य सवारी साधनमार्फत गस्ती गरिरहेको छ । चार स्थानियतहमा ३६ हजार ३१ मतदाता संख्या रहेको मुगु प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि ७ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन ।
जस अन्त्र्रगत नेकपा एमाले बाट पूर्णबहादुर रोकाया, कांग्रेस बाट खडगबहादुर शाही, नेपाली कम्यूनिष्ट पार्टी बाट चन्द्रबहादुर शाही, रास्वपा बाट भुवन टमाटा, राप्रपा बाट बलबहादुर मल्ल, नेकपा माओबादी बाट रंगबीर परियार र प्रगतीसिल लोकतान्त्रिक पार्टी बाट एटन मल्ल चुनावी प्रतिस्पर्धामा रहेका छन । बिगतको प्रतिनिधिसभा सदस्यको निर्वाचन भन्दा यो पटकको निर्वाचनमा मतदाताहरुमा त्यति उत्साह देखिएको छैन ।

चर्चामा

सम्बन्धित समाचार