बिहिबार, फाल्गुन २१, २०८२
बिहिबार, फाल्गुन २१, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • पूर्बवनमन्त्री शाहीले गरे मतदान

पूर्बवनमन्त्री शाहीले गरे मतदान

  • बिहिबार, फाल्गुन २१, २०८२
पूर्बवनमन्त्री शाहीले गरे मतदान

मुगु —नेपाली कांग्रेसका मुगु सभापति तथा पूर्व वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्रतिनिधिसभा सदस्यको लागि मतदान गर्नु भएको छ ।उहाले मुगु सोरु गाउपालिका –२  धुपीचौर जनज्योति उच्च माध्यमिक बिद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नु भएको हो  ।  बिहान ७ बजे बाट सुरु भएको उक्त मतदान कार्यमा पूर्बमन्त्री शाहीले सुरुमै मतदान गर्नु भएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ रहेको मुगु जिल्लाका चार वटा स्थानीयतहमा रहेका ७० वटा मतदान केन्द्रमा तोकिएको समयमै उत्साह र शान्तिपूर्ण मतदान कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी गराउनु भयो । आज देशभर प्रतिनिधिसभा निर्वाचन मतदान सुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी गराएको हो ।

मतदाताहरुले आज अपरान्ह ५ बजेसम्म मतदान गरिने आयोगले जनाएको छ । मतदाताले मतदान गर्न परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतीपत्र, राहदानी र लालपूर्जा देखाउनु पर्ने छ ।

चर्चामा

सम्बन्धित समाचार