मुगु–मुगु जिल्ला स्थित छायानाथ रारा नगरपालिका–१ भारेकोट मतदान केन्द्रमा किरियापुत्री अवस्थामा रहेका दुई दाजुभाइले मतदान गरेका छन । नेपाल पत्रकार महासंघ मुगुका संस्थापक अध्यक्ष तथा संचारकर्मी विनोदकुमार मल्ल सहित उनका दुई दाजुभाइले किरिया बसेकै अवस्थामा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागिमतदान गरेका छ । उनीहरूकी आमा रुपा मल्ल ६ दिन अघि ९५ वर्षको उमेरमा निधन भएको थियो ।