काठमाडौ —निर्वाचन आयोगका अनुसार बिहीवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा करिव ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार मतदान करिव ६० प्रतिशत मत खसेको छ । तोकिएकै मितिमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको उहाको भनाई छ ।
छिटफुट अवरोधका घटनाबाहेक देशभरको निर्वाचन शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान कार्यको समाप्तिसँगै मतपेटिका सुरक्षित रूपमा संकलन संगै मतगणना शुरु गरिने बताउनु भयो ।