शनिबार, फाल्गुन २३, २०८२
शनिबार, फाल्गुन २३, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुगुमा अझै मतपेटीका सदरमुकाम आई पुगेनन

मुगुमा अझै मतपेटीका सदरमुकाम आई पुगेनन

  • शनिबार, फाल्गुन २३, २०८२
मुगुमा अझै मतपेटीका सदरमुकाम आई पुगेनन

मुगु — देशभरी मतगणना भई रहदा यस मुगु जिल्लामा भने अझै मतपेटीका सदरमुकाम गमगढी सम्म पुगेका छैनन ।जिल्ला सदरमुकाम बाट ३ दिन टाढा रहेका मतदान केन्द डोल्फु र मुगु गाउँबाट मतपेटिकाहरु जिल्ला सदरमुकाम अझै आई नपुग्दा मत गणना कार्य हुन सकेको छैन । मुख्य निर्वाचन अधिकृत कार्यालयका सुचना अधिकारी प्रेमराज खनियाका अनुसार मुगु जिल्लाभर रहेका १ वटा अस्थायी मतदान केन्द्र सहित ७० वटा मतदान केन्द्र मध्ये मुगुम कार्मारोङ्ग गाउपालिका वडा न १ मा रहेको डोल्फु मतदान केन्द्र र वडा न २ मा रहेको मुगु मतदान केन्द्रका मतपेटिकाहरु जिल्ला सदरमुकाममा आई नपुगेको हुदा मत गणना हुन नसकेको बताए ।

सडक संजालमा नजोडिएको र जिल्ला सदरमुकामबाट ३ दिन पैदल दुरिमा रहेका यी मतदान केन्द्र रहेकाले मतपेटिका सदरमुकाम सम्म पुर्याउन समय लाग्ने गरेको छ । सुचना अधिकारी खनियाका भन्छन शनिवार दिउँसो १२ बजेसम्म दुई मतदान केन्द्रका मतपेटीका मतगणना स्थलमा पुगिसक्ने र सम्भवत १ बजेबाट मत गणना प्रारम्भ हुनेछ । २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुगु जिल्लामा रहेका ३६ हजार ३१ मतदाता मध्ये २२ हजार १ सय १५ जना मतदाताले मतदान गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार