बुधबार, चैत्र ४, २०८२
बुधबार, चैत्र ४, २०८२
  • होमपेज
  • राजनीति
  • सांसदलाई रवि लामिछानेले भने देशले देखेको सपना हामीले पुरा गर्ने हो

सांसदलाई रवि लामिछानेले भने देशले देखेको सपना हामीले पुरा गर्ने हो

  • बुधबार, चैत्र ४, २०८२
सांसदलाई रवि लामिछानेले भने देशले देखेको सपना हामीले पुरा गर्ने हो

काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रबि लामिछानेले भने देशले देखेको सपना हामीले पुरा गर्ने समय आएको छ । नव निर्वाचित सांसदहरुका लागि आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै सभापति रविले देशको काचुली फेर्नको निम्ति जनताले हामीलाई दुई तिहाइ दिएका छन ।
अब जनताको लागि कुनै पनि बाहना गर्नु पाइने छैन । यो ५ बर्ष समान्य नमान्नु होला सर्लक्कै देशलाई काचुली फेर्ने हो उनको भनाई छ । सांसदलाई रविले भने कुनै पनि गुटउपगुटमा नलाग्नु होला हामी सबै घण्टी मुनि हो । कुनै पनि बिचौलीया सित साटघाट नगर्नु होला र कसैको घरमा गएर सित्तैमा पानी पनि नखानु होला उनको भनाई छ ।
मन्त्री बन्नको निम्ति दौडधुप नगर्न सांसदलाई रविले चेतावानी दिएका छन । सरकार बनेकै दिन एउटा समुह सरकार ढाल्न तयार हुन्छ रविको भनाई छ । रविले भने यो ऐतिहासिक जिम्मेवारी हो जनताको भरोसालाई हरेक दिन महसुस गर्नु पर्छ ।

चर्चामा

सम्बन्धित समाचार