बुधबार, चैत्र ११, २०८२
बुधबार, चैत्र ११, २०८२
  • होमपेज
  • समाज
  • सेतो मच्छिन्द्रनाथको रथ तयार गरिदै

सेतो मच्छिन्द्रनाथको रथ तयार गरिदै

  • बुधबार, चैत्र ११, २०८२
सेतो मच्छिन्द्रनाथको रथ तयार गरिदै

काठमाडौ —सेतो मच्छिन्द्रनाथको रथयात्राका लागि जमलस्थित तीनधारा पाठशालामा रथ  धमाधम रथ बनाउने कार्य भइरहेको छ ।   वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मूर्तिको रथयात्राका लागि रथ बनाउने कार्य पुरा हुन थालेको र भोली बाट रथ यात्रा सुरु हुने सेतो मच्छिन्द्रनाथ व्यवस्थापन समितिले बताएको छ ।

काठमाडौँ उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन अनुसार सेतो मछिन्द्रनाथको रथयात्रा गर्ने गरिन्छ । करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट खटमा राखी तीनधारा पाठशालामा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार