काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह सपथ ग्रहणको चैत १३ गते शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने भएका छन । शुक्रबार मध्यान्ह १२ः३४ मिनेटमा राष्टपति बाट शपथ लिने साइत तय भएको हो । बालेनले सपथग्रहण समारोहलाई भव्य र धार्मिक रूपमा सम्पन्न गर्ने योजना बनाइएको छ प्रधानमन्त्रीको शपथ कार्यक्रममा १०८ जना बटुकले स्वस्ति वाचन गर्नेछन् भने १०७ जना बौद्ध लामाहरूले मंगलवाचन गर्ने व्यवस्था गरिएको छ।यसैगरी, ७ जना ब्राह्मणले शंखनाद गरेर समारोहलाई सनातन परम्पराअनुसार गुन्जायमान बनाउने तयारी गरिएको छ ।