मङ्लबार, जेष्ठ १९, २०८३
मङ्लबार, जेष्ठ १९, २०८३
  • होमपेज
  • समाचार
  • सुरु भयो रारा घुम्ने मौसम

सुरु भयो रारा घुम्ने मौसम

  • शुक्रबार, चैत्र २१, २०८१
सुरु भयो रारा घुम्ने मौसम

मुगु—कर्णालीको उत्कृष्ट पर्यटकिय गन्त्ब्य रारा घुम्न मौसम सुरु भएको छ । रारा अबलोकन गर्ने चाहाना छ भने तपाई यात्रा तय गर्नुस फागुन महिना सुरुवात संगै जाडो सिजनअन्त संगै आकास पनि खुलेको हुदा रारा घुमफिर मौसम सुरु भएको छ ।
रारा घुम्ने मौसमको सुरुवात संगै आन्तरिक पर्यटक रारा आउन थालेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।हवाई मार्ग बाट दैनिक २० देखि २५ जना आन्तरिक पर्यटक रारा घुम्न आउने गरेको गरेका छन । घुम्न आउने पर्यटकलाई आक्रर्षण बनाउन निकुञ्जका कर्मचारी र नेपाली सेना सहित संयुक्त रुपमा रारा सरसफाई गरि सकेका छन ।

रारामा आन्तरिक पर्यटक आउन थालेपछि चहलपहल बढन थालेको छ । होटल ब्याबसायि घोडा चालक पनि खुशी देखिन थालेको निकुञ्जले जनाएको छ । रारा घुम्न मौसम सुरु भएपछि होटल ब्याबसायिले आफनो खानपिन कोठा चर्पी बाथरुम र पानीको धारो सरसफाई होटल अगाडी स्वागतद्धार बनाउने काम पुरा गरि पर्यटकलाई स्वागतको निम्ति तयारी अबस्थामा छन ।हामी पर्यटकको स्वागतको पखाईमा छौ रारा माँझघट्ट होमस्टेकका प्रोपराइटर रत्नसिह रोकायाले बताए । रारा घुम्ने मौसम सुरु भएपछि हामीले होटलमा खानपिन कोठा ब्याबस्थापनको तयारी संगै आएका पर्यटकलाई खुशी बनाएर पठाउने गरेको रोकायाले सुनाए ।

अब रारामा काँफल पाक्ने बन जंगलमा गुच्ची च्याउ उम्रिने बिहानै कोइली चरीको आबाज सुनिने र पुस माघको चिसो तालको सतहमुनि गएका असला माछामा छेउछाउमा आउने भएकोले रारा घुम्न आउने पर्यटकलाई रमाइलो हुने गरेको रोकायाको भनाई छ ।रारा पर्यटक आउन थालेपछि मुर्मा गाउँ, झयारी, पिना, कोटिल्ला, तलितुम लगायत बस्तीका स्थानीयले पर्यटक बोकेर पैसा कमाउने उदेश्यले घोडाहरु रारा ताल वरपर तयारी देखिन थालेका छन । हवाई मार्ग भन्दा सडक मार्ग मार्फत पर्यटकलाई दैलेख कालिकोट जुम्ला सिंजा घुमाउदै रारा पु¥याउने सके पर्यटक खुशी हुने गरेको पर्यटन ब्याबसायिको भनाई छ । हेलिकप्टर चढेर रारा घुम्ने इच्छा भएका पर्यटकलाई सजिलोको लागि उक्त कार्य सुरु गर्न लागिएको अर्का पर्यटन ब्याबसायि देबिकृष्ण रोकायाले सुनाए ।

चर्चामा

सम्बन्धित समाचार