मुगु—सडकमा जमेको बाक्लो हिउँ स्काभेटरले पन्छाएर गमगढी नाग्मा सडक खण्ड सुचारु गरिएको छ । गमगढी नाग्मा सडक खण्ड अन्त्र्रगत मुगु र जुम्ला सिमाना घुच्चीलेक, सातमोड, क्षेत्रमा जमेको बाक्लो हिउ स्काभेटर मेसिनले पन्छाएर सडक सुचारु गरिएको जुम्ला सडक भिडिजन कार्यालयले जनाएको छ । गत शुक्रबार र शनिबार हिमपातले घुच्चीलेक, सातमोड, क्षेत्र बाक्लो हिउ जमेपछि सवारी साधान आउजाउ बन्द भएपछि जुम्ला सडक डिभिजन कार्यालय तत्काल स्काभेटर मेसिन प्रयोग गरि सडकमा जमेको बाक्लो हिउ पन्छाएपछि गमगढी नाग्मा सडक खेलेको सडक डिभिजन कायालयले जानकारी गराएको छ ।
पुस माघको हिमपातले गमगढी नाग्मा सडक अन्त्र्रगत घुच्चीलेक सातामोड सडक खण्ड अबरुद्ध हुने गरेको छ । बिगत बर्षहरुमा भिषण हिमपातले एक महिना सम्म गमगढी नाग्मा सडक अबरुद्ध हुने गर्थे भने गत बर्ष देखि कम हिमपात हुन थाले एक दुई दिन मात्र सडक अबरुद्ध हुने गरेको छ । गमगढी नाग्मा सडक निर्माण कार्य सम्पन्न भएका एक दशक सम्म पनि कालोपत्रे नहुदा हिमपात र बर्षातको बेला सडक हिलाम्य हुदा सवारी साधानलाई आउजाउ गर्न कठिनाई हुने गरेको छ ।