मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • चुनावको बेला दलका उम्मेदवार पनि भोट माग्न जादैनन्

चुनावको बेला दलका उम्मेदवार पनि भोट माग्न जादैनन्

  • मङ्लबार, फाल्गुन १२, २०८२
चुनावको बेला दलका उम्मेदवार पनि भोट माग्न जादैनन्

मुगु—मुगुम कार्मारोङ गाउपालिकाको अति बिकट र दुर्गम डोल्फू गाउ“मा सरकारी सेवा सुबिधाको त के कुरा चुनावको बेल राजनीतिक दलका उम्मेदवार भोट माग्न पनि जादैननजिल्ला सदरमुकाम गमगढी बाट करिव दुई दिन पैदल यात्रामा पुगिन डोल्फू गाउ“मा पुग्न कठिनाई हुने भएकोले निर्वाचनको समयमा पनि दलका उम्मेदवार भोट माग्न नजाने गरेका छन ।

जिल्लाको अन्य गाउ“बस्तीमा चुनावी माहोल ताती रहेको छ तर डोल्फू गाउ“का स्थानीय भने चुनाव बारे थाहा छैन । आफनै घरधन्दामा ब्यस्त देखिने डोल्फूबासी कुन उम्मेदवारलाई भोट हाल्न भन्ने जानकार छैनन ।
करिव ५१ घरधुरी डेढ सय मतदाता रहेको उक्त गाउमा पुग्नै समय लाग्ने  अनी मतदाता कम भएकोले दलका उम्मेदवार प्राय नजाने गरेको मुगुम कार्मारोङ गाउ“पालिकका अध्यक्ष छिरिङक्याप्ने लामाको भनाई छ । गाउ“पालिका केन्द्र रहेको पुल बाट पनि डोल्फू गाउ“ पुग्न एक दिन पैदल हिडेर पुगिने अध्यक्षको भनाई छ ।

आदिबासी जनजातिको बसोबास रहेको डोल्फू गाउका स्थानीय संचारसेवा बाट बञ्चित छन ।गाउ भन्दा माथि अग्लाडाडामा गएपछि मात्र मोवाइल टावरले काम गर्ने स्थानीयको दुखेसो छ । डोल्फू गाउमा मतदान केन्द्र रहेको छ । निर्वाचनको बेला कर्मचारी सुरक्षाकर्मी र उम्मेदवारका प्रतिनिधि गएर मतदान गरि फर्किने गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार