आइतवार, बैशाख ६, २०८३
आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • समाचार
  • धादिङमा बस दुर्घटना १७ जनाको मृत्यु २४ जना घाइते

धादिङमा बस दुर्घटना १७ जनाको मृत्यु २४ जना घाइते

  • सोमवार, फाल्गुन ११, २०८२
धादिङमा बस दुर्घटना १७ जनाको मृत्यु २४ जना घाइते

काठमाडौ —धादिङमा बस दुर्घटनामा हुँदा १७ जनाको मृत्यु भएको र २४ जना घाइते भएका छन ।गएराति करिब १ः३० बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका– ५ भैंसिगौडा स्थित पृथ्बी राजमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुवाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको सशस्त्र प्रहरीका प्रवक्ता विष्णु प्रसाद भट्टले जानकारी दिए
घाइते २४ लाई उपचारको लागि अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । उक्त बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ । नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासीद्वारा उद्धार कार्य भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार