शनिबार, फाल्गुन १६, २०८२
शनिबार, फाल्गुन १६, २०८२
  • होमपेज
  • राजनीति
  • मतदातालाई गाउँ फर्किन कर्णालीका उम्मेदवारको अपिल

मतदातालाई गाउँ फर्किन कर्णालीका उम्मेदवारको अपिल

  • शनिबार, फाल्गुन १६, २०८२
मतदातालाई गाउँ फर्किन कर्णालीका उम्मेदवारको अपिल

मुगु —आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरि कर्णालीका राजनीतिक दलका उम्मेदवारहरु गाउँ छोडेर शहर गएका  आफना मतदाताहरुलाई गाउँ फर्किन अपिल गर्न थालेका छन ।शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा जुम्लाका उम्मेदवार ज्ञानेन्द्र शाहीले  भिडियो सन्देश मार्फत रोगजारको सिलसिलामा गाउँ छोडेर शहर गएका मतदाताहरुलाई भोट हाल्न जुम्ला फर्किन अपिल गरेका छन ।उनी राप्रपा बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फका  उम्मेदवार हुन । तपाई जुम्लाका दाजुभाई जहासुकै हुनुहुन्छ जुम्ला आइदिनु होला मतदाता गरिदिनु होला भनेर शाहीले अपिल गरेका छन । शाहीले भने अहिले तपाई नबसिदिनु होला जुम्ला आइदिनुहोला गाडी भाडा पठाउने म संग पैसा छैन ।
जुम्ला र कर्णालीको समृद्धि बिकासको लागि अहिले आफै गाडी भाडा खर्च गरेर जुम्ला भोट हाल्न हाइदिनुस यही मैले अपिल गरे शाहीले भनेका छन ।

हिमाली जिल्ला हुम्लाकी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार टासी लाजोमले पनि काम बिशेषले शहरतिर गएका मतदातालाई भोट हाल्न गाउँ  फर्किन अपिल गरेकी छन । मुगु जिल्लाका राजनीतिक दलका उम्मेदवारहरुले पनि शहर गएका आफना मतदातालाई भोट हाल्न गाउ“ फर्किन अपिल गर्न थालेका छन ।कांग्रेसका उम्मेदवार खडगबहादुर शाही, एमालेका पूर्णबहादुर रोकाया, नेपाली कम्यूनिष्ट पार्टीका उम्मृदवार चन्द्रबहादुर शाही रास्वपाका उम्मेदवार भुवन टमाटाले फोन मार्फत शहरमा रहेका मतदातालाई भोट हाल्न गाउ“ फर्किन अपिल गर्नु थालेका छ,

लाजोमले आफनो सामाजिक सञ्जालमा हुम्ला जिल्ला भन्दा बाहिर बस्नु भएका सम्पूर्ण हुम्लीबासीलाई भोट हाल्नका लागि गाउँ फर्किन अपिल गरेकी छ ।रोजगारको निम्ति, औषधि उपचारको लागि, अध्यायन अध्यापनको लागि साविकको कर्णाली अन्त्र्रगत मुगु, हुम्ला, जुम्ला, डोल्पा जिल्लाका बिभिन्न गाउ“बस्तीका स्थानीय गाउ“ छोडेर शहर झरेका छन ।मतदान गर्ने समय नजिकीदै गर्दा आफै नफर्किने अबस्था देखेपछि उम्मेदावारले फोन मार्फत सामाजिक सञ्जाल मार्फल भोट खसाल्न गाउ“ फर्किन अपिल गर्न थालेका छन ।

चर्चामा

सम्बन्धित समाचार