काठमाडौ —काठमाडौ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइदै छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा पर्व मनाइने गरिन्छ । घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, खेल, शारीरिक व्यायाम, युद्धकला लगायत प्रदर्शन गर्नेछ । नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने छ । सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । फाइल तस्वीर