काठमाडौ —वाग्मती सफाइ महाअभियान अन्त्र्रगत आज करिव ३ मेट्रिकटन फोहर संकलन गरि ब्याबस्थापन गरिएको छ । प्रत्येक शनिबार बिहान करिब दुई घण्टा वाग्मती नदीमा सफाइ हुने गरेको छ ।
राष्ट्रका लागि हप्ताको दुई घण्टा भन्ने नाराका साथ सुरु भएको वाग्मती सरसफाई महाअभियानको आज ६७१औँ शृङ्खलाको क्रममा कुहिने र नकुहिने तीन मेट्रिकटन फोहर संकलन गरि ब्याबस्थापनको लागि काठमाडौ महानगरपालिकालाई जिम्मा लगाइएको छ । बागमती सरसफाई महाअभियानमा पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, काठमाडौँ महानगरपालिका–९ का वडा सदस्य नवराज अधिकारी, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारीसहित वाग्मती सफाइ अभियानकर्मीको उपस्थिति रहेको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी गराए ।