काठमाडौ —नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका थिए । सो राजीनामाबारे पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा विस्तृत छलफल गरि अस्वीकृत गर्ने निर्णय गरेको छ । सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन ।