सोमवार, चैत्र ९, २०८२
सोमवार, चैत्र ९, २०८२
  • होमपेज
  • समाज
  • काठमाडौं महानगरपालिकाद्धारा ५ सय महिलालाई साइकल प्रशिक्षण

काठमाडौं महानगरपालिकाद्धारा ५ सय महिलालाई साइकल प्रशिक्षण

  • सोमवार, चैत्र ९, २०८२
काठमाडौं महानगरपालिकाद्धारा ५ सय महिलालाई साइकल प्रशिक्षण

काठमाडौ —काठमाडौ महानगरपालिका—१५ वडा कार्यालयको सहयोगमा करिव ५ सय महिलालाई साइकल प्रशिक्षण तालिम दिएको छ । साइकल चढौ, स्वस्थ्य बनौ वातावरण जोगाउन भन्ने नाराका साथ महानगरपालिका—१५ वडा कार्यालयले स्वयम्भू डल्लु क्षेत्रका महिलाहरुलाई साइकल प्रशिक्षण दिएको छ । क्यान्सर, सुगर, प्रेसर लगायत रोग बाट महिलालाई बचाउने उदेश्य अनुरुप महिला दिदी बहिनीहरुलाई बिगत २ बर्ष यता देखि साइकल प्रशिक्षण तालिम प्रदान गरिदै आएको स्वयम्भू डल्लु साइकल प्रशिक्षणका अध्यक्ष मछाकाजी महर्जनले बताए । महानगरपालिका १५ नम्बर वडा कार्यालयका अध्यक्ष ज्यूको बिशेष सक्रियता यो साइकल प्रशिक्षण संचालन भएको अध्यक्षको भनाई छ । साइकल ट्रेनिङले एकतिर महिलालाई बिभिन्न रोग बाट मुक्त बनाउने र अर्कोतिर पर्यटकिय प्रर्बद्धनमा पनि थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार