सोमवार, बैशाख १४, २०८३
सोमवार, बैशाख १४, २०८३
  • होमपेज
  • राजनीति
  • ढिलो नगरी प्रदेश खारेज गरिहालौं, संसदीय दलका नेता ज्ञानेन्द्र शाही

ढिलो नगरी प्रदेश खारेज गरिहालौं, संसदीय दलका नेता ज्ञानेन्द्र शाही

  • आइतवार, बैशाख १३, २०८३
ढिलो नगरी प्रदेश खारेज गरिहालौं, संसदीय दलका नेता ज्ञानेन्द्र शाही

काठमाडौ —राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता सांसद ज्ञानेन्द्र बहादुर शाहीले  ढिलो नगरी  दुई तिहाई पुरयाएर प्रदेश खारेज गर्नु पर्ने बताएका छन ।
एक कार्यक्रममा बोल्दै शाहीले सानो देशमा प्रदेश कुनै आबश्यक नभएको र कार्यक्रता भर्ति केन्द्र मात्र भएको उनले बताएका छन । सत्तारुढ दल रास्वपा पार्टी  प्रति संकेत गर्दै शाहीले भने प्रदेश खारेज गर्न दुई तिहाई सिट ८४ चाहिन्छ ८२ सिट तपाई संग छ ५ सिट हामी दिन्छौ ढिलो नगरी प्रदेश खारेज गरिहालौ ।
यदी रास्वपा पार्टी जति राप्रपाले सिट ल्यायो भने हामी दोभासे कुरा गर्दैनौ शाहीले रास्वपा प्रति लक्षित गर्दै भने पहिले तपाईहरुले प्रदेश खारेज गछौ भन्नु भएको थियो ।
प्रदेशको नाममा जनतालाई उल्लु बनाउने काम गरिएको उनको आरोप छ । शाहीले उदहारण दिदै भने कर्णाली प्रदेशले के पहिचान पायौ पहिले कर्णाली थियो अहिले प्रदेशको नाम भयो ।

 

चर्चामा

सम्बन्धित समाचार