आइतवार, जेष्ठ २४, २०८३
आइतवार, जेष्ठ २४, २०८३
  • होमपेज
  • राजनीति
  • दुई महिना देखि पार्टी एकताको प्रयास गर्दा कुनै प्रगति भएन :पूर्णबहादुर खड्का

दुई महिना देखि पार्टी एकताको प्रयास गर्दा कुनै प्रगति भएन :पूर्णबहादुर खड्का

  • आइतवार, जेष्ठ २४, २०८३
दुई महिना देखि पार्टी एकताको प्रयास गर्दा कुनै प्रगति भएन :पूर्णबहादुर खड्का

काठमाडौ —नेपाली कांग्रेसका नेता तथा पूर्ब कार्यबाहक सभापति पूर्णबहादुर खडकाले पार्टी भित्र देखिएका आन्तरिक असमझदारी बिबाद समस्या समधानको लागि दुई महिना देखि इमानदारी पूर्वक प्रयास गर्दा कुनै सफल नभएको बताएका छन । सामाजिक सञ्जाल मार्फत सन्देश दिदै खडकाले सभापति गगन जीसंग मेरा संवाद नभएको ३१ दिन भयो विभिन्न सामाजिक संजाल र संचार माध्यममा आएका विभिन्न भ्रमपूर्ण हल्ला बाट प्रभावित नहुन पार्टीका सबै तहका पदाधिकारिहरु, नेताहरु र क्रियाशिल सदस्य साथीहरु सबैमा म प्रष्ट पार्न चाहान्छु ।
अहिले आएर केही दिन यता पार्टीका बारेमा चलाईएका यथार्थ भन्दा फरक हल्ला र बिकसित घटनाक्रम बाट म चिन्तित भएको छु उनले उल्लेख गरेका छन । १५ औ महाधिबेनका लागि हामीले नबिकरण गराएका र नयाँ क्रियाशिल सदस्य साथीहरुलाई अध्यावधिकको नाममा दिईएका दबाबका कुराहरु देशैभरिबाट फोनबाट ४–५ दिन देखि मलाई साथीहरुले जुन तरिकाले जानकारी गराई राख्नु भएको छ यो प्रबृत्ति पार्टी जीवनका लागि अत्यन्त घातक छ खडकाले बताउनु भएको छ । खडकाका अनुसार हामीले १५ औ महाधिबेशनका लागि नबिकरण गराएका र नयाँ क्रियाशिल सदस्यता लिएका साथीहरुलाई अध्यावधिक नगरेको निहुमा कसैलाई १५ औ महाधिबेशनमा भाग लिनबाट कसैले बन्चित गर्न गराउन सक्तैन ।
सबैलाई महाधिबेशनमा स्वतःभाग लिन पाउने ब्यबस्थाको सुनिश्चितता गर्नु हाम्रो जिम्मेवारी हो उहाको भनाई रहेको छ नेताहरुको क्रियाशिल सदस्यता अध्यावधिक स्वतः केन्द्रले गराई दिन्छ भन्ने २ दिन देखि फैलाईएका अफवाहरु पार्टी पङ्तिमा भ्रम पार्न गराईएका हल्ला मात्र हुनु उनले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार