बिहिबार, जेष्ठ २८, २०८३
बिहिबार, जेष्ठ २८, २०८३
  • होमपेज
  • खेलकुद
  • विश्व फुटवलको महाकुम्भ विश्वकप फुटवल आज देखि सुरु

विश्व फुटवलको महाकुम्भ विश्वकप फुटवल आज देखि सुरु

  • बिहिबार, जेष्ठ २८, २०८३
विश्व फुटवलको महाकुम्भ विश्वकप फुटवल आज देखि सुरु

काठमाडौं « विश्व फुटवलको महाकुम्भ विश्वकप फुटवल फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै छ । विश्वकपलाई तीन आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा उदघाटन गर्ने भएका छन । तीन आयोजकले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगितालाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण मानिएको छ ।

यो विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाएका छन् भने जुलाई १९ सम्म सञ्चालन हुने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन् ।

उदघाटन खेलमा मेक्सिकोको प्रसिद्ध ‘एस्टाडियो एज्टेका’ रंगशालामा घरेलु टिम र दक्षिण अफ्रिका खेल्नेछन् । नेपाली समय अनुसार यो खेल मध्यराति १२ः ४५ बजे सुरु हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार