सोमवार, असार ८, २०८३
सोमवार, असार ८, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपा प्रथम महाधिवेशन आज बन्दसत्र र मनोनयन भोलि मतदान

रास्वपा प्रथम महाधिवेशन आज बन्दसत्र र मनोनयन भोलि मतदान

  • सोमवार, असार ८, २०८३
रास्वपा प्रथम महाधिवेशन आज बन्दसत्र र मनोनयन भोलि मतदान

काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुने भएको छ । जम्मा ४ हजार २११ जना प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकहरू सहभागी रहको यस हुने बन्दसत्रमा अनुशासन, आर्थिक, संगठनात्मक, विधान र राजनीतिक प्रतिवेदनहरू माथि छलफल र अनुमोदन गरिने कार्य सुची रहेको छ ।
सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस र अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गरेपछि आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई सुम्पिने छ । केन्द्रीय निर्वाचन आयोगका अनुसार आजै दिउँसो २ः०० देखि ४ः०० बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरी राति ११ः०० बजे अन्तिम नामावली प्रकाशन गरिनेछ। भोलि असार ९ गते मंगलबार बिहान ८ः३० देखि दिउँसो ३ः०० बजेसम्म १ जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि पहिलो चरणको मतदान हुनेछ,
मतदान सकिएको दुई घण्टाभित्रै सार्वजनिक गरी दोस्रो चरणको प्रकृया अघि बढाइने रास्वपाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार